काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुले जरूरी सूचना प्रकाशित गरेको छ ।

बोर्डले कक्षा ११ को आंशिक÷ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना जारी गरेको हो ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘सम्बन्धन प्राप्त माध्यमिक विद्यालय/क्याम्पसमा कक्षा ११ मा अध्ययन गरी ग्रेडिङ पद्धतितर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७४ वा ७५ वा ७६ भएका) कुनै विषयमा सी वा सो भन्दा तलको ग्रेड प्राप्त री ग्रेड वृद्धि परीक्षामा सामेल हुनुपर्ने (शैक्षिक प्रमाणपत्र नलिएका) परीक्षार्थीहरू तथा आंशिक (अङ्काङ्कन पद्धति) तर्फका (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७१ वा ७२ वा ७३ भएका र हालसम्म कुनै विषयमा उत्तीर्ण हुन नसकेका विद्यार्थीहरू) परीक्षार्थीहरूले २०७९ सालमा सञ्चालन हुने परीक्षाका लागि २०७८ साल माघ २१ गतेसम्म परीक्षा शुल्क बापतको रकम दाखिला गर्न र सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०७८ माघ मसान्तभित्र विलम्ब शुल्क सहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ ।

सम्बन्धित विद्यालय/क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैङ्क भौचरसहित २०७८ फागुन ७ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा आवेदन फाराम भर्दा तपसिल अनुसार गर्नु÷गराउनुहुन समेत अनुरोध छ ।’

सम्बन्धित खबरहरु