काठमाडौ । नेपाली बजारमा सुनको मूल्य पछिल्लो दुई दिनमा ह्वात्तै बढेको छ । ४८ घण्टामा ९ सय बढेको छ भने मात्र २४ घण्टामा तोलाको ५ सय रुपैयाँ बढेको छ ।

अस्तिको तुलनामा हिजो सुनको मूल्य ४ सयले बढेको थियो । अस्ति सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको थियो ।

हिजो तोलामा चार सयले बढेर ९२ हजारमा बिक्रि भयो । मंगलबारपनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो । पछिल्लो तीन दिनमा सुनको मूल्य १२ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु