काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समूहबिरुद्ध उत्रिनुभएको छ ।

उहाँले नेकपा एकीकृतबाट सरकारमा सहभागी मन्त्रीहरुले गरेका निर्णयमा लगाम नै लगाउनेगरी खरो रुपमा उत्रिन थालेपछि अहिले अध्यक्ष सहित नेकपा एसका नेता चिन्तित भएका छन् ।

मन्त्रीको निर्णयमा हस्तक्षेपपछि वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले पठाएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ ।

५ महिना सेवा अवधि बाँकी रहेका लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्रीले कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै कर्मचारीले प्रवेश नदिने भनेर आन्दोलन गरेका थिए ।

१२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरुले समेत देउवाको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीको आदेशमा लोहनीको सरुवा रोकिएको हो । अब डा. भुपेन्द्र बस्नेत नै वीरको निमित्त प्रमुख कायम हुनुभएको छ ।

लोहनीलाई वीर अस्पतालको प्रमुखमा सरुवा गरिएपछि कर्मचारीले प्रवेश निषेध गर्ने भन्दै आन्दोलन थालेका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री देउवासँग आपत्ति जनाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समेत यस विषयमा कुरा भएको स्रोतले जनाएको छ । यो हस्तक्षेपले सत्ता गठबन्धनमा भने हलचल पैदा भएको छ ।

 

सम्बन्धित खबरहरु