काठमाडौ । नेपालको सबैभन्दा ठुलो इ–कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त हुनुभएको छ ।

अमेजनकी पूर्व कर्मचारी समेत रहनुभएकी कुँवरले दराज नेपालको प्रमुख कार्यकारी पद सम्हाल्ने मौका पाउनुभएको हो ।

दराज चीनको विश्वको सबैभन्दा ठूलो कम्पनी अलिबाबाको कम्पनीमा गाभिएको कम्पनी हो । यससँगै उहाँ दराजको व्यवस्थापन तहमा रहने पहिलो नेपाली महिलासमेत बन्नुभएको छ ।

सेन्ट जेभियर्स माइतीघरबाट आइएससी पूरा गर्नुभएकी कुँवरले सेन्ट क्लाउड स्टेट विश्वविद्यालयबाट स्नातक तह र मिनेशोटा विश्वविद्यालयको कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीएको अध्ययन पूरा गर्नुभएको छ ।

कुँवरले युनिभर्सिटी अफ मिनेसोटाको कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट कुँवरले एमबीए स्टाटेजी विषयमा स्नातकोत्तर पूरा गर्नुभएको छ ।

त्यस्तै, कुँवरसँग विदेशमा विगत १५ वर्षदेखि शीर्ष स्थानहरुमा काम गरेको अनुभव रहेको छ ।

कम्पनीले यही जनवरी १७ मा आफ्नो रिब्रान्डिङ सँगै नयाँ प्रबन्ध निर्देशक नियुक्तिको विषयमा औपचारिक घोषणा गर्ने बुझिएको छ ।

सम्बन्धित खबरहरु