काठमाडौं । सबैलाई जानकारी छ बलिउड अभिनेत्री सुस्मिता सेन एकल आमा हुन् । उनले दुई छोरी धर्मपुत्री लिएकी छिन् ।

दुवै छोरीलाई सुस्मिता सेन एक्लैले हुर्काउछिन् । तर पछिल्ला केही दिनदेखि सुस्मिता सेनले छोरा पनि धर्मपुत्रका रूपमा ग्रहण गरेको खबर आएको हो ।

यो खबर तब बाहिर आयो जब सुस्मिता सेन आफ्ना दुई छोरी र एउटा सानो बच्चासँग मुम्बईको बान्द्राको रेष्टुरेन्ट बाहिर देखिएकी थिइन् । त्यहाँ उनी शुभिर सेनको जन्मदिन मनाउन आएके बताइएको छ ।

के छ सुस्मिता सेनले धर्मपुत्र छोरा बनाइन ?
भिडियोमा सुस्मिता सेन तीन बच्चाहरुसँग पापाराजीको लागि पोज दिँदै छिन् । यो भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा देखिने बच्चालाई सुस्मिता सेनले धर्मपुत्रका रूपमा लिएको भनिएको छ ।

दुई छोरीपछि अभिनेत्री सेनले तेस्रो सन्तानलाई धर्मपुत्रका रूपमा ग्रहण गरेकी छन् ।

यद्यपी अभिनेत्रीले यसबारे कुनै आधिकारिक पुष्टी भने गरेकी छैनन् । जानकारी अनुसार उनले धर्मपुत्र लिएको भन्ने दावीमा सत्यता छैन् । स्रोतका अनुसार भिडियोमा देखिएको बच्चा सुस्मिताको साथीको छोरा हो ।

तपाईंलाई जानकारी गराउ कि सुस्मिता सेनले सन् २००० मा रेने र २०१० मा अलिशालाई धर्मपुत्रीका रूपमा ग्रहण गरेकी थिइन् ।

उनको बारेमा कुरा गर्दा हालै प्रदर्शन भएको वेब श्रङ्खला आर्या २ मा देखिएको थियो । लामो समयपछि दर्शकमाझ आएकी उनको कामलाई धेरैले मन पराएका छन् । श्रङ्खलाको पहिलो सिजन पनि निकै चर्चामा आएको थियो । दोस्रो सिजनलाई पनि फ्यानले मन पराएका छन् ।

सुस्मिता सेनको सम्बन्धविच्छेद
यसअघि सुस्मिता सेन आफ्नो ब्रेकअपको घोषणापछि चर्चामा आएकी थिइन् । मोडल रोहमन शालसँग सुस्मिता सेनको सम्बन्ध टुटेको खबर सार्वजनिक भएको धेरै भएको छैन ।

तर दुवै जना अझै पनि साथी नै छन् । उनीहरुबीचको यो मित्रता सधैं रहने उल्लेख गरिएको छ । सुष्मिता सेन र रोहमनको ब्रेकअप किन र के कारणले भयो भन्ने कुराको जानकारी अहिलेसम्म खुलेको छैन । उनीहरुबीच उमेरान्तर लामो रहेको थियो ।

सम्बन्धित खबरहरु