काठमाडौं । गायक राजेशपायल राई चर्चाको शिखरमा छन् ।

उनी अमेरिकामा स्टेजमा गाउँदै गर्दा प्रसंशकको आक्रमणको शिकार बनेपछि उनको चर्चा झनै चुलियो । गायनमा त उनी अग्रपंक्तिमा छन् ।

अंग्रेजी नयाँवर्ष सन् २०२२ को स्वागत गर्न न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा एक फ्यानले राईले गीत गाइरहँदा मञ्चमै आक्रमण गरेको भिडियो भाइरल बन्यो । पछि उनले माफी मागेपछि विषय सामान्य बन्यो ।

उक्त घटनालाई लिएर नेपालसहित विश्वभर व्यापक विरोध मात्र भएन दोषी र आयोजकलाई कार्वाही गर्न माग गर्दै टाइमलाइन आक्रोशित बन्यो । घटनाको केही दिनमै पासाङदावा शेर्पाले मादक पदार्थ र खादा चढाएर शेर्पा संस्कृतिअनुसार माफी पनि मागे ।

तर, उक्त घटनालाई लिएर आयोजक विवादित बनेको छ । घटना लगत्तै राईले न्यूयोर्क बाहेकका अन्य अमेरिकी राज्यमा कन्सर्ट पनि प्रस्तुत गरे ।

न्यूयोर्क घटना भएपछि राईलाई अमेरिका लगेको आयोजकले उनको स्वदेश फिर्ती पनि भव्य ढंगले नै गरेको छ ।

जोनएफ केनेडी विमानस्थल पुग्दा राईलाई सुरक्षागार्डले एस्कर्टिङ पनि गरेका थिए । नेपाली समुदायले राईको लागि विमानस्थलसम्मै सुरक्षागार्ड उपलब्ध गराएका थिए ।

यता नेपालको विमानस्थलमा समेत भव्य स्वागतको तयारी छ । गायक राई अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण भइसकेका छन् । उनलाई ठूलो संख्यामा पुगेका प्रसंशकहरुले स्वागत गरेका छन् ।

सम्बन्धित खबरहरु