कालिकोट । वृद्धभत्ता बुझ्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु भएको छ ।

वृद्धभत्ता बैंकबाट बुझ्नुपर्ने उर्दी भएपछि खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको हो ।

कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन् ।

सम्बन्धित खबरहरु