काठमाडौ । आज देशभर पुष्टि भएका कोरोनाभाइरस संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेका छन्।

यसको परिणाम नेपाली कांग्रेस र नेकपा माओवादीको महाधिवेशन भएको स्वास्थ्य विज्ञको आँकलन छ ।

कोरोनाको नयाँ भेरियन्ट आइसक्यो भनेपछि देशभरीबाट राजधानी काठमाडौ बोलाएर महाधिवेशन गरिएकाले समुदाय स्तरमा नै कोरोना फैलिएको विज्ञको भनाई छ ।

यसको मुल्य राजधानी काठमाडौले अलिक बढी चुकाउनुपर्ने उनीहरुको दावी छ । अरु जिल्लामा चेन ब्रेक गर्ने भौतिक दुरी छ ।

तर काठमाडौमा गाह्रो छ । साँघुरो सहरमा धेरै जनसंख्या छ । तर कता, कता रहेका संक्रमितलाई काठमाडौ झिकाएर भाइरस फैलिसक्यो उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये एक हजार ९१६ जना काठमाडौं उपत्यकामै रहेका छन्।

त्यस्तै, काठमाडौंमा एक हजार ४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना देखिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या पनि काठमाडौंमा पाँच हजार ८४२, ललितपुरमा एक हजार ५९१ र भक्तपुरमा ९६३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले उपत्यकाका तीन जिल्लासँगै मोरङ र कास्कीलाई उच्च संक्रमण भएका जिल्लामा राखेको छ। त्यस्तै, सुनसरी, चितवन, नवलपरासी, बाँके, रुपन्देही र कैलालीमा पनि संक्रमण तीव्र रुपमा बढ्दै गएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबरहरु