काठमाडौ । त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जनामा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिनुभयो ।

उहाँहरु अहिले घरमै आराम गरिरहनुभएको छ र सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको काफ्लेले जानकारी दिनुभयो ।

अस्पतालमा जोखिम बढेपछि उपचारका लागि आउने बिरामीलाई पनि अहिले कोरोना परीक्षणपछि मात्र भर्ना लिन थालिएको र अस्पताल प्रवेश दिइएको उहाँले बताउनुभयो ।

अधिकांश स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवासमेत प्रभावित बनेको डा. काफ्लेले जानकारी दिनुभयो ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु