काठमाडौं । करोड भन्दा धेरै खर्च गर्दा पनि चुनावमा टिकट नपाएपछि एक नेता धुरुधुरु रोएका छन् । भारत, उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाबाट एक रोचक खबर आएको हो । उनलाई लिएर भारतमा हंगामा भइरहेको छ ।

त्यहाँ बहुजन समाज पार्टी (बसपा)मा टिकट बिक्रीको कुरा कोतवालीसम्म पुगेको हो । पश्चिम उत्तर प्रदेशका इन्चार्ज शमसुद्दीन राइनमाथि लाखौं रुपैयाँ लिएको आरोप लागेको छ । बसपा नेता अरशद राणाले टिकटको नाममा आफूबाट भारु ६७ लाख रुपैयाँ अर्थात १ करोड नेपाली रुपैयाँ भन्दा धेरै लिएको आरोप छ ।

अरशद राणाले नेता शमसुद्दीन राइनविरुद्ध प्रहरी चौकीमा उजुरी दिएका छन् । सो क्रममा बसपा नेता अरशद राणा प्रहरी चौकीमा प्रहरी उपरिक्षकको अगाडि रोएका हुन् । बसपा नेता अरशद राणाले न्याय नपाए आत्महत्या गर्ने चेतावनी पनि दिएका छन् ।

बसपा नेता अरशद राणाले बिहीबार फेसबुकमा यस विषयमा पोस्ट गरेका थिए । सलमानको टिकटपछि उनको प्रतिक्रिया आएको हो । उनले आफ्नो फेसबुक पोस्टमा बहुजन समाज पार्टीका पश्चिम इन्चार्ज शमसुद्दीन राइनले चुनावको नाममा लिएको पैसा फिर्ता गर्न भनिएको छ ।

यदि पैसा फिर्ता नभए बहुजन समाज पार्टी अध्यक्ष मायावतीको निवासमा आत्मदाह गर्ने उल्लेख छ । उनले आफ्नो पोस्टमा भनेका छन्, ‘पश्चिमका इन्चार्ज माननीय शमसुद्दीन राइनले चारथावल विधानसभाको कार्यक्रममा मेरो नाम घोषणा गर्नुभएको थियो ।’

सम्बन्धित खबरहरु