काठमाडौ । काठमाडौंको शंखरापुर नगरपालिका स्थित पवित्र शालिनदीमा आउने भक्तजनहरुका लागि शालिनदी मेला व्यवस्थापन समितिले खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ ।

साँखु शालिनदीमा लाग्ने एक महिने माधवनारायण श्रीस्वस्थानी व्रत मेला यही माघ ३ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने समितिले बताएको छ ।

साथै हालको कोभिड–१९ को महामारीलाई मध्य नजर गर्दै यस अवधिभरमा के कसरी व्यवस्था गर्ने भनी नगरपालिका प्रमुख, उपप्रमुख, शालिनदी मेला व्यवस्थापनका प्रमुखसहितका टिम, स्थानीय निकाय, स्थानीय प्रशासन, प्रहरी प्रशासन लगाएतका सम्पूर्ण टिमहरूको छलफल एवम् निर्णय पश्चात् मेलामा आउने भक्तजनहरूमा कोभिड-१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न मेलामा आउने भक्तजनहरुका लागि अनिवार्य खोप लगाएको कार्ड हुनु पर्ने बताइएको हो ।

यही पौष शुक्लपक्ष पुर्णिमाका दिन देखि सुरू भई माघ शुक्लपक्ष पुर्णिमाको दिन समापन हुने शालिनदी मेला खुल्ला रूपमा नगरी नित्य पुजा र व्रतको रूपमा मात्र सञ्चालन गरिने जानकारी शालिनदी व्यवस्थापन समितिले दिएको छ ।

सम्बन्धित खबरहरु