बुटवल । सञ्चालनमा आउनु भन्दा एक दिनअघि एक डान्स क्लबमा भीषण आगलागी भएको छ । बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको हो ।

शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताउनुभयो ।

आगलागीलाई बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको केसीले बताउनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको केसीले बताउनुभयो । केही गर्न खोज्दै गर्दा ठूलो क्षति भएको लगानीकर्ताको गुनासो छ ।

 

सम्बन्धित खबरहरु