काठमाडौ । सरकारले भोलि ( माघ २ गते) देखि अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको छ ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टरमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ ।

पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइनेछ । यसपछि क्रमशः सर्वसाधारण सबैलाई खोप दिने मन्त्रालयले जनाएको छ ।

पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएका सबै नागरिकलाई बुस्टर डोज खोप दिनेगरी सरकारले तयारी पूरा गरेको बताइएको छ । खोप खरिद भइसकेको छ ।

सम्बन्धित खबरहरु