काठमाडौ । नारायणगढ मुग्लिन सडकखण्डमा भयानक दुर्घटना भएको छ । त्यहाँ स्थित ३ नम्बर पुलमा स्कार्पियो गाडी दुर्घटनामा परेको हो ।

स्कार्पियो सडकबाट तल खसेको थियो । इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलनजिकैबाट कार तल खसेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा. १३ च ४३६५ नम्बरको स्कार्पियो सडकबाट ६० मिटर तल नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो ।

स्कार्पियोमा सवार चालक सहित ७ जना घाइते भएको उहाँले बताउनुभयो । उहाँहरुलाई उपचारका लागि भरतपुर लगिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको परिचय अझै खुलेको छैन ।

 

सम्बन्धित खबरहरु