काठमाडौ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) चरम बिन्दुमा पुगेको छ ।

त्यहाँ तेस्रो लहर उच्च बिन्दुमा पुगिसकेको छ । खुल्ला सीमाना भएका कारण भारतबाट दैनिक कयौँ भारतिय र नेपालीहरु नेपाल आइरहेका छन् ।

नेपालबाट भारत जाँदै आउँदै गर्नेहरुको संख्यापनि त्यत्तिकै छ । भारतसँग सीमाना जोडिएका पश्चिमतर्फका नाका कैलाली, कञ्चनपुर, कपिलबस्तु, तौलिहवाबाट सयौँको संख्यामा संक्रमितहरु भित्रिरहेका छन् ।

यता मध्यतराई र पूर्वी तराईको हालतपनि त्यही छ । यही कारण पुष्टि गर्ने पछिल्लो केही दिन यता कैलालीमा फैलिएको कोरोना संक्रमितहरुको संख्या हो ।

त्यहाँ अत्याधिक गतिमा बढिरहेको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएका परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२१ जनामा परिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण हुँदा ५५ जनामा नभएको पुष्टि भएको हो । उहाँले पछिल्लो केही दिन यता संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको बताउनुभयो ।

‘प्रत्येक दिन कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ’ उहाँले भन्नुभयो ‘अहिले परीक्षण भएकामा सङ्क्रमित नहुनेहरू भन्दा हुनेहरू बढिरहेका छन् ।’

पछिल्लो चार महिनामा सबै भन्दा धेरै संक्रमित शुक्रबार फेला परेका छन् । कैलालीमा बुधवारबाट कोरोना संक्रमितहरुको संख्या एक्कासी बढेको हो ।

पुसको २० गते गरिएको ३५ जनाको परीक्षणमा २ जना, २१ गते ४४ जनामा २ जना, २२ गते २४ जनामा २ जना, २३ गते ५६ जनाको परीक्षणमा ६ जना, २४ गते ३६ जनाको परीक्षणमा ८ जना, २६ गते ८७ जनाको परीक्षणमा १२ जना, २७ गते ७६ जनाको परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुस्टी भएको छ।

यस्तै २८ गते १०५ जनाको परीक्षणमा ४५ जना, २९ गते १६१ जनाको परीक्षणमा ४ जना र शुक्रवार १२१ जनाको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

परीक्षण गरिएका नमुनामा झण्डै आधा संक्रमित देखिनु भनेको निक्कै डरलाग्दो आँकडा हो । यसले कोरोना समुदाय स्तरमा नै फैलिसक्यो भन्ने देखाउँछ ।

भारतबाट आएका संक्रमितहरू सोझै घर जानेगरेकाले पनि समुदायमा संक्रमण फैलन थालेको बताइएको छ । भारतको नयाँ दिल्ली, पुना, बेंलोर लगायतका ठाउँबाट आएका सयौँमा प्रत्येक दिन कोरोना पुष्टि भइरहेको छ ।

तर, उनीहरू सार्वजनिक सवारी मार्फत नै घर सम्म गइरहेका छन् । संस्थागत आइसोलेसन नभएकाले उनीहरुलाई सोझै घर पठाइन्छ । भारतबाट गाउँ फर्किएकाहरु अधिकांशसँग नीजि सवारी छैन ।

कोरोना पोजेटिभको प्रमाण बोकेर उनीहरु सार्वजनिक सवारी चढेर घर जान बाध्य छन् । घर पुगेरपनि उनीहरुले आफू संक्रमित भएकाले छुट्टै बस्ने गरेका छन् की छैनन् कुनै निगरानी छैन । यसले अत्यन्तै ठूलो जोखिम देखिन्छ ।

सम्बन्धित खबरहरु