काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाको कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ ।

यसवर्षको हिउँदे वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी बिदा दिइएको हो ।

विश्वविद्यालय रजिष्टार कार्यालयद्धारा जार विज्ञप्तिअनुसार हाल संचालनमा रहेका परीक्षाहरु भने यथावत संचालन हुनेछन् ।

यस्तै निकटमै परीक्षा हुने भै पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरुको कक्षा विद्युतीय माध्यमबाट यथावत राख्ने निर्णय भएको छ । परीक्षाको तालिकाको सम्बन्धमा थप बोलेको छैन ।

तर तोकिएका परीक्षाहरु सञ्चालन गर्ने त्रिविको निर्णय छ । संक्रमितलाई छुट्टै परीक्षा हल व्यवस्था गरेर परीक्षा दिने व्यवस्था गर्न त्रिविले यसअघि नै परिपत्र पठाएको छ । त्रिविले अहिले छुट्टै परीक्षा हलमा संक्रमितलाई परीक्षा दिने व्यवस्था गरिरहेको छ ।

सम्बन्धित खबरहरु