काठमाडौं । विश्व लामो समयदेखि कोरोना महामारीसँग जुध्दै आइरहेको छ । यो बीचमा कोरोनालाई लिएर रोचक मिथ्याहरु पनि आइरहेका छन् ।

यो बीचमा अमेरिकाका एक व्यक्तिले आफू कोरोना संक्रमित भएपछि आफ्नो नीजि अंग १.५ इन्च खुम्चिएको दाबी गरेर सबैलाई चकित पारेका हुन् । उनले आफ्नो भास्कुलर सिस्टम कोरोनाले बिग्रिएको पनि बताएका छन् ।

कोरोना संक्रमण हुनुअघि आफ्नो नीजि अंगको आकार औसतभन्दा धेरै रहेको ती पुरुषको दाबी छ । यो दुर्लभ लक्षणको बारेमा गरिएको एक अध्ययनमा सनसनीपूर्ण नतिजा बाहिर आएको छ ।

यौन सल्लाह पोडकास्ट ‘कसरी गर्ने’ मा यी व्यक्तिले आफ्नो समस्या बताएका हुन् । पीडितका अनुसार जुलाई २०२१ मा उनी कोरोना संक्रमित भए र अस्पताल भर्ना हुनुपर्यो ।

केही दिनपछि अस्पतालबाट घर फर्किएपछि आफ्नो नीजि अंग पहिलेभन्दा सानो भएको महसुस भएको उनले दाबी गरेका छन् । सानो नीजि अंगले आफ्नो आत्मविश्वास र यौन क्षमतामा गहिरो प्रभाव पारेको पनि ती पुरुष बताउँछन् ।

‘कसरी गर्ने’ ले ति व्यक्तिको परिचय गोप्य राखेको छ । जानकारी अनुसार ती व्यक्तिको उमेर ३० वर्षको हाराहारीमा रहेको बताइएको छ ।

मिरर अनलाइनमा प्रकाशित समाचारका अनुसार ती व्यक्तिले कोरोना रोगबाट निको भएर नपुंसकताको सिकार भएको बताएका छन् ।

उनका अनुसार केही महिनादेखि यो रोगबाट छुटकारा पाउन उपचार पनि गरियो तर सफल हुन सकेन ।

उनले दावी गरेका छन् कि डाक्टरहरूले उनलाई नीजि अंगको आकारमा कमी स्थायी हुन सक्छ भनेर बुझाएका छन् । त्यसको कारण नीजि अंगको नसामा कम रगत पुग्नु हुनसक्ने चिकित्सकहरुको भनाई रहेको छ ।

अध्ययन के भन्छ ?
युनिभर्सिटी कलेज अफ लण्डनको एक अध्ययनले कोरोना र नीजि अंगको लम्बाइ घटाउने बीचको सम्बन्ध रहेको दाबी गरेको छ । यस अनुसन्धानमा लामो समयदेखि कोरोनाबाट प्रभावित ३४०० व्यक्तिलाई समावेश गरिएको थियो । जसमध्ये २ सय जनामा ​​पहिलेको भन्दा सानो नीजि अंग भएको दुर्लभ समस्या फेला परेको थियो ।

अमेरिकाको मियामी मिलर स्कूल अफ मेडिसिन युनिभर्सिटीले पनि वर्ल्ड जर्नल अफ मेन्स हेल्थमा यससँग सम्बन्धित अध्ययन प्रकाशित गरेको छ । लामो समयदेखि कोरोनाका कारण केही व्यक्तिमा नपुंसकताको लक्षण देखिएको दाबी गरिएको थियो ।

सम्बन्धित खबरहरु