काठमाडौं । मान्छेहरु अहिले निकै स्वार्थी भएका छन् । परिवारभित्र नै कलह हुन्छ ।

तर भारत, मध्य प्रदेशको राजगढमा केही दिन पहिले जे भयो त्यसले सबैलाई चकित बनाएको छ ।

त्यहाँ बाँदरको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको हो । खिलचीपुरको दलुपुरा गाउँमा गत सोमबार बाँदरको मृत्युपछि बिदाई भोज आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा ५० किलोमिटर टाढासम्मका गाउँबाट मानिसहरु सहभागी भएका थिए । करिब १० हजार मानिसले खाना खाएको अनुमान रहेको छ । १० हजार मलामी सहभागी भएको दावी छ ।

बाँदरको मृत्युपछि दुःखी भएका गाउँलेहरूले चन्दा उठाएर भोज आयोजना गरेका थिए । त्यसका लागि कार्ड पनि छापिएको थियो ।

ब्याण्ड बजाएर शवयात्रा निकालेर बाँदरको अन्तिम संस्कार पनि गरियो । तेस्रो दिन उज्जैनमा खरानी विसर्जन गरियो ।

गाउँले हरिसिंहले बाँदरको मृत्युपछि शिर मुन्डन गरेर परिवारको सदस्यजस्तै एघारौं दिनको काजक्रिया कार्यक्रम पूरा गरेका छन् ।

बाँदर हनुमानजीको रुप हो भन्ने गाउँलेहरुको विश्वास छ । गाउँलेहरूले दान दिएर आयोजना गरेको मृत्यु भोजमा के थियो एकपटक हेर्नुहोस्

१० क्विन्टल पिठो, ४५० लिटर दही, ३५० लिटर तेल, २.५ क्विन्टल चिनी, एक क्विन्टल चना र १० हजार दुई पात प्रयोग, ५० किलोमिटर टाढाका गाउँहरूलाई निम्तो, विद्यालय परिसरमा भव्य पण्डल बनाइयो, खानामा नुक्ती, स्याउ, पुरी र कढी बनाइयो, ५ हजारभन्दा बढीले खाना खाए, भोजमा आएका गाउँलेहरूले हरिसिंहलाई टिका लगाएर लुगा दिए,

बाँदरलाई रुघाखोकी लागेको थियो, डाक्टरलाई पनि देखाइयो
बाँदरको मृत्यु गत वर्ष २९ डिसेम्बर राति भएको थियो । बाँदर बिहानै जंगलबाट गाउँमा आएको थियो ।

दिनभरि खेलिरहेको थियो । त्यसपछि स्थानीय समयानुसार राति करिब ८ बजे चिसोले काँप्दै एउटा घर अगाडि आएर बस्यो ।

यो देखेर मानिसहरूले बाँदरको नजिकै आगो बालेर न्यानो लुगा लगाए तर बाँदरको स्वास्थ्यमा सुधार नभएपछि खिलचीपुर लगेर डाक्टरलाई देखाइएको थियो । उपचारपछि गाउँलेले उनलाई फिर्ता ल्याएका थिए, दिउँसो २ बजे बाँदरको मृत्यु भयो ।

बाँदरको अन्तिम यात्रालाई ब्यान्डवागनसहित निकालिएको थियो
३० डिसेम्बरमा पूरै गाउँ हनुमान मन्दिर पुग्यो । बाँदरको अन्तिम यात्रामा सहभागी हुन महिलाहरु पनि मन्दिर पुगेका थिए ।

त्यहाँ बाँदरको लाश सजाइएको थियो । त्यसपछि बाँदरलाई नरिवल चढाउने कार्य गरियो । त्यसपछि अन्तिम यात्रा मुक्तिधाम प्रस्थान गर्यो । ब्यान्ड अगाडि बढ्यो ।

त्यही बेला महिलाहरु पछाडिबाट भजन गाउँदै मुक्तिधाम पुगे । बाँदरलाई कानुनबमोजिम दाहसंस्कार गरिएको गाउँका विरामसिंह चौहानले बताएका छन् ।

कोरोना महामारीका लागु भएका प्रतिबन्धको वेवास्ता गरेको भन्दै प्रशासनले गाउँलेविरुद्ध धारा १४४ अन्र्तर्गत कारबाही थालेको पनि जानकारी गराइएको छ ।

खिलचीपुर प्रहरी चौकीबाट गएको टोलीले गाउँमा पुगेर केही आयोजकलाई प्रहरी चौकीमा ल्याएको थियो । कोरोना अन्तर्गत लागू भएको दफा १४४ उल्लङ्घन गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ, अन्यविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रहरीका अनुसार हरि सिंह र अर्जुन सिंह लगायतका केही गाउँलेविरुद्ध कोभिड प्रोटोकल उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ।

सम्बन्धित खबरहरु