नयाँदिल्ली । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) को ज्वाला दन्किएको छ । त्यहाँ अत्याधिक संक्रमित फेला परेको हो ।

आज थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएसँगै त्यहाँको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने हो की भन्ने चिन्ता बढेको छ ।

सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढी भएको पनि अधिकारीले जानकारी दिएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ सङ्क्रमित भएका थिए ।

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल सङ्क्रमितमध्ये छ हजार ४१ जना कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको छ । तीमध्ये ४०२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

 

सम्बन्धित खबरहरु