एजेन्सी । न्यूजिल्याण्डमा भयानक ज्वालामुखी विष्फोट भएको छ ।

शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ ।

समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो ।

ज्वालामुखीबाट निस्केको ग्याँस, धुवाँ र खरानी २० किलोमिटर आकाशमा पुगेको टोंगा भूगर्भ विभागले जनाएको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । साथै वायुमण्डल खराब हुने भएकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन भनिएको छ ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु