काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को त्रासमाथी इन्डोनेसियामा शुक्रबार शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको धक्काका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । सिन्ह्वा

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु