काठमाडौं । संसदमा चिनियाँ दलालहरू सक्रिय रहेको सम्बन्धि एक गम्भीर खुलासा भएको छ । खुफिया रिर्पोटहरूमा यस्तो डरलाग्दो कुराको पर्दा खुलेपछि सबै हैरान छन् ।

बेलायतको घरेलु जासुसी एजेन्सी एमआई ५ ले चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित एक महिलाले बेलायतको राजनीतिक प्रक्रियामा हस्तक्षेप गर्न काम गरिरहेको भन्दै बेलायती सांसदहरूलाई चेतावनी दिएपछि दुनियाँ झस्केको हो ।

एमआई ५ ले एक चेतावनी जारी गर्दै आरोप लगाएको छ कि क्रिस्टिन चिङ्ग कुई लीले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को संयुक्त मोर्चा कार्य विभाग (यूएफडब्लुडी) सँग गोप्य रूपमा समन्वय राखेर काम गर्छिन् । त्यसरी उनी बेलायतमा राजनीतिक हस्तक्षेप गतिविधिहरूमा संलग्न भएको गुप्तचर संस्थाको भनाई रहेको छ ।

बिहीबार एमआई ५ द्वारा जारी बयानमा चीनले बेलायतको राजनीतिक वृतमा स्थापित र महत्वाकांक्षी सांसदहरूसँग सम्बन्ध स्थापित गर्दै बेलायतको घरेलु राजनीतिमा लुकाएर हस्तक्षेप गर्न खोजिरहेको छ भनिएसँगै नयाँ डर उत्पन्न भएको हो ।

चेतावनीमा लीले राजनीतिक दलहरू, सांसदहरू, महत्वाकांक्षी सांसदहरू र बेलायतमा राजनीतिक कार्यालय खोज्ने व्यक्तिहरूलाई विदेशी नागरिकहरूको तर्फबाट राजनीतिक संस्थाहरूलाई चन्दा दिने सुविधा सहित आर्थिक चन्दा उपलब्ध गराउँदै आएको आरोप पनि लगाइएको छ ।

तपाईंलाई जानकारी गराउ कि बेलायतको कम्पनी दर्ताले लीलाई बेलायती नागरिकको रूपमा सूचीबद्ध गर्दछ । गुप्तचर संस्था एमआई ५ का अनुसार लीले आफ्नो बेलायत आधारित गतिविधिहरू बेलायतमा रहेका चिनियाँ समुदायको प्रतिनिधित्व गर्ने र विविधता बढाउन गरिरहेको उल्लेख गर्ने गरेको पनि स्पष्ट पारेको छ ।

तर ती गतिविधिहरू यूएफडब्लुडीसँगको गोप्य समन्वयमा, चीन र हङकङमा रहेका विदेशी नागरिकहरूले उपलब्ध गराएको कोषमार्फत सञ्चालन हुँदै आएका छन् । सीएनएनले जवाफका लागि लीलाई सम्पर्क गरेको थियो तर जवाफ प्राप्त भएन ।

जब सीएनएनले बिहीबार लीको कार्यालयहरूमा भ्रमण गर्यो, सबै खाली थिए । ढोकामा एउटा सूचना राखेर ‘कोरोना महामारीको कारण कार्यालय बन्द भएको छ’ भनिएको छ । कसैले पनि ढोकामा पोस्ट गरिएको नम्बर वा इमेलमा जवाफ फर्काएनन् ।

वरिष्ठ बेलायती सांसद र सत्तारुढ कन्जरभेटिभ पार्टीका पूर्व नेता इयान डन्कन स्मिथले बिहीबार संसदमा यसबारे बोलेका थिए । उनका अनुसार एमआई ५ ले सभामुख लिन्डसे होइललाई चेतावनी दिएको थियो । गुप्तचर संस्थाले सभामुखलाई चिनियाँ सरकारको दलालले बेलायतको संसदमा सक्रिय रूपमा काम गरिरहेको भनेर बताएको उल्लेख गरिएको थियो ।

स्मिथ भन्छन्, ‘यो गम्भीर चिन्ताको विषय हो ।’ एमआई ५ का अनुसार ली बेलायती समूहमा अहिले विघटित सर्वदलीय संसदीय चिनियाँहरू मार्फत बेलायतको राजनीतिक वृतका व्यक्तिहरूसँग जोडिएकी छिन् ।

उनले सीसीपीको एजेन्डालाई अगाडि बढाउन थप सर्वदलीय संसदीय समूह स्थापना गर्न चाहेको पनि खुलेको छ । डन्कन स्मिथले सो घटनापछि संसदले सुरक्षा मजबुत बनाउन र चिनियाँ दलालहरूलाई निर्वासन गर्नुपर्ने धारणा राखेका छन् । डन्कन स्मिथले चिनियाँ दलालसँग जोडिएका व्यक्तिलाई देश निकाला गर्नुपर्ने विचार राखेका हुन् ।

विदेशी दलालविरुद्ध किन थप कारबाही नगर्ने भन्ने उनको प्रश्न रहेको छ । तपाईंलाई जानकारी गराउ कि स्मिथ चिनियाँ सरकारको प्रमुख आलोचक मध्य एक हुन् । चीनको सिनजियाङमा उइघुर मुस्लिमहरूमाथि हुने गरेको व्यवहारबारे टिप्पणी गरेको भन्दै गत वर्ष चीनले उनीमाथि प्रतिबन्ध लगाएको थियो । उनलाई चीन प्रवेशमा रोक लगाइएको थियो ।

चीन सरकारले चिनियाँ व्यवसायी र नागरिकलाई पनि उनीसँग व्यापार नगर्न भनेको छ । एमआई ५ ले लीद्वारा सम्पर्क गरिएका जो कोहीले चिनियाँ सरकारसँग आफ्नो संलग्नतालाई ध्यानमा राख्नुपर्ने सुझाव दिएको छ ।

बेलायतको राजनीतिमा सीसीपीको विचारलाई अगाडि बढाउन रोक्नुपर्ने कुरा स्पष्ट पारिएको छ । यदि सांसदहरूले सम्बन्धित वा सन्दिग्ध सम्पर्क प्राप्त गरेमा संसदीय सुरक्षा निर्देशकलाई सम्पर्क गर्नुपर्दछ ।

सीएनएनले प्रतिकृयाका लागि लन्डनस्थित चिनियाँ दूतावासलाई सम्पर्क गरेको थियो । यस विषयमा चीनले प्रतिकृया दिदैँ आरोपमा कुनै सत्यता नभएको भनेको छ । चीनका अनुसार उसले अन्य देशको कुनै पनि विषयमा हस्तक्षेप गर्दैन् । News Source 

सम्बन्धित खबरहरु