काठमाडौ । ‘दि भ्वाइस अफ नेपाल किड्स’को उपाधि जेनिस उप्रेतीले चुमेका छन् । उनी कोच प्रमोदका सदस्य भएर चुनिएका थिए ।

चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल किड्स’ को फाइनलमा सबैलाई जित्दै जेनिस उप्रेतीले उपाधि जितेका हुन् ।

‘दि भ्वाइस अफ नेपाल’ सिजन ३ का होस्ट सुशील नेपालले यो रियालिटी शो को प्रस्तुती गरेका छन् ।

छ वर्ष उमेर पुगेका बालबालिकादेखि १४ वर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिएका थिए ।

‘भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरु विभिन्न प्रतिस्पर्धामा अब्बल हुँदै फाइनलमा आएका थिए ।

यस शो को अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भरी अडिसन रजिस्ट्रार गर्नुपर्ने थियो । विजेताले ट्रफी, १५ लाख नगद, सीजीबाट ५० हजार बराबरको कोर्ष देखि धेरै पुरस्कार पाएका छन् ।

भ्वाइस अफ नेपाल किड्सको कोचमा चर्चित गायक तथा गायिका प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य र राजु लामा रहेका थिए ।

उत्कृष्ट ८ मा जेनिस उप्रेती, रुक्शाना लिम्बु, मिन्चामा राई, नुमा राई, सुशनी गुरुङ्ग, अनुजा कडरिया, पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल ठकुरी पुगेका थिए । ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ को डिजिटल अडिशनपनि अबको २ दिनमा खुल्ने ‘दि भ्वाइस अफ नेपाल किड्स’ फाईनलमा जनाइएको छ ।

सम्बन्धित खबरहरु