काठमाडौं । अमलालाई अमृत फल भनिन्छ । अमला भिटामिन सीको उत्कृष्ट स्रोत हो ।
तर धेरैलाई यसलाई खाने सही तरिका थाहा हुँदैन, जसकारण उनीहरूले यसको पूरा फाइदा उठाउन सक्दैनन् । अमला खाने सहि तरिका र यसका फाइदाबारे आज हामी जानकारी गराउन गइरहेका छौँ ।
आहारविद् तथा पोषण विशेषज्ञ शिल्पा मित्तलले अमला खाने तरिका र फाइदाहरु बताएकी छिन् ।
केवल एक अमला पर्याप्त छ
शिल्पा मित्तल भन्छिन्, ‘धेरै मानिसले अमलाको अचार, मुरब्बा, क्यान्डी खान्छन् ताकि उनीहरूले भिटामिन सी पाउन सकून्, तर यो विधि सही होइन । अमलाको पूरा फाइदा लिन यसलाई काँचो खानुपर्छ ।
फलामको चक्कुले अमला काट्दा पनि यसको पौष्टिकता घट्छ, त्यसैले यसलाई स्टिलको चक्कुले काट्नुहोस् वा दाँतले टोकेर खानुहोस् । अमला काटेपछि तत्काल खानुपर्छ । काटेर लामो समय राख्दा भिटामिन सीको पूर्ण फाइदा नपुग्ने हुनाले तत्काल खाइहाल्नुपर्छ ।
यसलाई काटिसकेपछि तुरुन्तै खानुपर्छ । यदि तपाई स्वाद बढाउन चाहनु हुन्छ भने अमलामा थोरै नुन मिसाएर खान सक्नुहुन्छ । तर मुटु वा मधुमेहका बिरामीले यस्तो गर्नु हुँदैन, धेरै नुन उनीहरुका लागि हानिकारक हुन्छ ।
अमला नियमित खाने गर्नाले आफ्नो आहारमा भिटामिन सी समावेश गर्न धेरै पैसा खर्च गर्नु वा चक्की लिनु पर्दैन । दिनहुँ एउटा मात्रै अमला खाँदा शरीरमा भिटामिन सी पूरा हुन्छ ।’
स्वास्थ्य र सौन्दर्यका लागि अमला खानुहोस्
अमलाको पूरा फाइदा लिन बिहानै खानुपर्छ । त्यसले शरीरबाट विषाक्त पदार्थ निकाल्छ र शरीर सफा गर्छ ।
अमलामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले शरीरको रोग प्रतिरोधात्मक क्षमता र मेटाबोलिज्मलाई बढाउँछ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने उच्च अदालतको फैसला, जेलबाट छुटे प्रेमी
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
रुघाखोकीबाट बच्न चिसो मौसममा अमला खानुहोस् । दैनिक अमला खाँदा आँखाको ज्योति बढ्छ, त्यसैले चश्मा लगाउने व्यक्तिले यसको सेवन अवश्य गर्नुपर्छ ।
अनुहारको दाग र डण्डीफोर हटाउन अमलाको धुलो मनतातो पानीमा मिसाएर अनुहारमा लगाउने गर्नुहोस् । अनुहारमा लगाएर सुकेपछि धुनुहोस् । यसले अनुहारको रंगलाई चम्किलो बनाउँछ र दाग धब्बा हटाउँछ।
कपाललाई स्वस्थ र सुन्दर बनाउन फलामको कराईमा सुकेको जाली भुटेर पीस्नुहोस् । यस पाउडरलाई मेहन्दीको पेस्टमा मिसाएर कपालमा लगाउनुहोस् । यसले कपालको स्वास्थ्य र सौन्दर्य बढ्छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!