काठमाडौं । जागिर दिने बहानामा एक युवतीमाथि सामूहिक करणी भएको छ । महिलाको उजुरीको आधारमा प्रहरीले ठेकेदारसहित तीनजनाविरुद्ध मुद्धा दर्ता गरेको हो ।

घटना भारत, हरियाणाको जीन्द जिल्लाको हो । प्रहरीलाई दिएको उजुरीमा राजस्थानको सवाई मधेपुर जिल्लाकी २० वर्षीया युवतीले आफ्नो राजस्थान निवासी चरण सिंह मीनासँग चिनजान भएको बताएकी छन्, जसले जिन्दमा ठेक्कामा ढुंगाको काम गर्थिन् ।

मीनाले युवतीलाई काम दिने वाचा गर्दै जिन्द ल्याइन् र रेलवे स्टेशन नजिकै भाडामा कोठा लिएकी थिइन् । उजुरीका अनुसार १८ डिसेम्बरमा महिलाका श्रीमान काममा गएका थिए ।

यसैबीच ठेकेदार चरण सिंह र अन्य दुई जना सोनु र शरीफ उनको कोठामा आएर जबरजस्ती सामूहिक करणी गरेका हुन् । तीनै जनाले २० डिसेम्बरमा पनि महिलालाई सामूहिक करणी गरेको बताइएको छ ।

घटनाबारे कसैलाई बताएमा गम्भीर परिणाम भोग्ने धम्की समेत उनीहरुले दिएका थिए । जानकारी अनुसार पीडित युवतीले आफ्नो गाउँ फर्केर सवाई माधोपुरको गगनपुर प्रहरी चौकीमा तीनै जनाविरुद्ध उजुरी दिएकी हुन् ।

प्रहरीले यस सम्बन्धमा मुद्धा दर्ता गरी जिन्दको सम्बन्धित प्रहरी चौकीमा पठाएको छ ।

जीन्द शहर प्रहरी चौकी प्रमुख दिनेश कुमारले गगनपुर थानाबाट प्राप्त शून्य एफआईआरको आधारमा ठेकेदार सहित तीन जना विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु