सोल । क्रिप्टोकरेन्सी प्लेटफर्म सुरक्षित छैन भन्ने एक उदाहरण उत्तर कोरियाबाट आएको छ ।

त्यहाँका ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सात पटक साइवर आक्रमण गरेर झण्डै ४० करोड अमेरिकी डलर चोरेको एउटा प्रतिवेदन सार्वजनिक भएको छ ।

ब्लकचेन एनलाइसिस कम्पनी चेनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पुर्वी एसियाली मुलुक उत्तर कोरियाका साइवर अपराधिहरुलाई गएको वर्ष निकै फापेको जनाएको छ ।

तर उत्तर कोरियाले आफूमाथि लगाइने गरेका यस्ता साइवर आक्रमणको आरोप सधैँ अस्वीकार गर्दै आएको छ ।

चेन एनलाइसिसले भने सन् २०२० देखि २०२१ उत्तर कोरियासँग सम्बन्धित यस्तो आक्रमण चारबाट सात पुगेको र यसरी ह्याक गरी निकालिएको सम्पत्तिको मूल पनि चालिस प्रतिशतले वृद्धि भएको जनाएको छ ।

ति ह्याकरहरुले विभिन्न संस्थाको ‘हट’ वालेटहरुबाट पैसा निकालेर उत्तर कोरियाको नियन्त्रणमा रहेका ठेगानाहरुमा पु¥याउन फिसिंग ल्युर, कोड एक्सप्लोइट र माल्वेयर जस्ता थुप्रै प्रविधि प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । उत्तर कोरियाले साइवर आक्रमण गर्नेगरी निक्कै मजबुद संयन्त्र बनाएको र त्यससँग रहेर पढाएको विभिन्न रिपोर्टमा देखिएको छ ।

सम्बन्धित खबरहरु