काठमाडौं । हामीलाई विश्वभर भएका भिन्न गतिविधि बारेपनि जान्ने इच्छा हुन्छ ।

अझ अहिले हरेकका लागि लोकप्रिय बनिसकेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युवका बारेमा जान्न त झन सबैलाई मन हुन्छ ।

एउटा कुरा तपाईहरुलाईपनि लागेको हो । युट्युवमा रहेका भिडियो मध्ये सबैभन्दा बढी पटक हेरिएको भिडियो कुन होला ? त्यो भिडियो हो बेबी शार्क डान्स (Baby Shark Dance) ।

यही भिडियो विश्वभर सबैभन्दा धेरै पटक हेरिने युट्युब भिडियो बन्न सफल भएको छ । यो एउटा यस्तो युट्युब भिडियो बनेको छ, जसले दश अर्ब भ्युज पार गर्ने पहिलो भिडिओको रेकर्ड समेत राखेको छ । जुन विश्वमा भएका जनसंख्या भन्दापनि बढी पटक हो ।

यसअघि कुनै पनि भिडियोले युट्युबमा यति धेरै भ्युज पाएको अर्थात् यति धेरै पटक हेरिएको इतिहास छैन । बेबी शार्क भिडिओ विश्वभर गाइने र नाचिने भिडियो बनेको छ । यसमा कार्टुन क्यारेक्टरको प्रयोग गरिएको छ ।

यो भिडियोको ट्र्याकलाई दक्षिण कोरियाली म्युजिकको साथमा प्रस्तुत गरिएको छ । योनहाप न्युज एजेन्सीको रिपोर्ट अनुसार दक्षिण कोरियाली ट्र्याकले लुइस फोन्सी तथा ड्याडी यान्कीको मेगाहिट ‘डेस्पासिटो’को म्युजिक भिडियोलाई पछाडि पारेको छ ।

जसलाई ७.७ अर्ब पटक हेरिएको छ । बेबी शार्क भिडियो आजभन्दा करिब छ वर्ष अघि अर्थात सन् २०१६ को जुनमा रिलिज भएको थियो । जुन बालबालिकाको लागि कोरियन ब्यान्ड पिङ्कफोङ्ग सिरिजको गीत हो ।

यो गीत विश्वभरका बालबालिकाबीच आफ्नो आकर्षक ट्युन तथा लिरिक्सका कारण निकै लोकप्रिय छ । यो गीतले २०२० को नोभेम्बरमा गिनिज बुक वर्ल्ड रेकर्डमा समेत आफ्नो नाम लेखाउन सफल भएको थियो ।

त्यो बेला यो भिडियोको भ्युज करिब ७ अर्ब रहेको थियो । त्यसयताको १५ महिनामा यो भिडियो सबैभन्दा धेरै पटक हेरिने भिडियोको सूचीमा पहिलो नम्बरमा उक्लेको हो ।

संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) का अनुसार विश्वको कुल जनसङ्ख्या करिब सात अर्ब ८० करोड छ । बेबी शार्कको भिडियोले प्राप्त गरेको भ्युज त्यसभन्दा पनि निकै धेरै हो ।

 

सम्बन्धित खबरहरु