काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको हो । गत मंगलबारदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्यमा भने आज गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।

महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार हुँदैछ । तेजावी सुन प्रतितोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २ सय तोकिएको थियो । अर्कोतिर चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।

सम्बन्धित खबरहरु