काठमाडौं । पूर्वि नवलपरासीमा आतंक मच्चाएको नरभक्षी बाघको विगत छ दिनदेखि खोजी सुरु गरिएको भएपनि पत्तो लाग्न सकेको छैन ।

गत पौष २७ गतेबाट विनयी त्रिवेणीको विनयी सामुदायिक वनबाट चितवन राष्ट्रिय निकुञ्जको तीन वटा हात्ती र नौ जना प्राविधिकको सहयोगमा नरभक्षी बाघको खोजी सुरु गरिए पनि बाघको अवस्था बारे यकिन भन्न नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो ।

विनयी त्रिवेणीको होङ्गसी सिमेन्ट उद्योगभन्दा केही पर जोडी बाघ (भाले पोथी)को पाईला देखिएको भए पनि त्यो पाईला नयाँ या पुरानो हो त्यो विषयमा अध्ययन भैरहेको उहााको भनाई थियो ।

हात्ती परिचालन भए पछि जोडि बाघ माथि माथि जंगलमा गैरहेको टोलिले नोटिस गरेको घिमिरेले बताउनुभयो “हात्ती परिचालन भए पछि बाघको भाले पोथी माथि माथि जाँदै गरेको अवस्थामा पाईला भेटिएको टोलिले देखे पछि थप अध्ययन सुरु गरिएको छ”, घिमिरेले भन्नुभयो ।

बाघको खोजी कार्य आफैमा जोखिम युक्त र खर्चिलो समेत हुने सहायक संरक्षण अधिकृत घिमिरेले बताउनुभयो ।

“जोखिम त धेरैनै छ, खर्चिलो पनि छ, तीन वटा हात्ती र नौ जना प्राविधिकको खर्च दैनिक रुपमा ४२ हजार आसपास खर्च हुन्छ,” घिमिरेले भन्नुभयो ।

बिगत डेढ महिना देखि विनयी त्रिवेणिको दुम्किबास, मध्यविन्दुको अरुणखोला आसपास बाघको आक्रमणमा परेर दुई जनाले ज्यान गुमाएका छ्न भने एक जना घाईते भएका छ्न ।

सम्बन्धित खबरहरु