काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २५ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आइतबार पीसीआर र एन्टीजेन गरेर १५ हजार १३१ जनाको परीक्षण गर्दा चार हजार९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन् जना संक्रमितको मृत्यु भएको छ भने ४३५ जना डिस्चार्ज भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।

सम्बन्धित खबरहरु