काठमाडौं । तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनिएको हो । अर्कोतिर सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना भन्दा धेरै प्रवेश गर्न नपाउने भएका छन् । मास्क अनिवार्य गरिएको छ ।

सरकारले पार्टी प्यालेसहरुलाई प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न भनेको छ । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।

सम्बन्धित खबरहरु