काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोरोना भाइरसको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश, २०७८ जारी गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार नयाँ भेरियन्नट ओमिक्रोनसहित कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश २०७८ जारी गरिएको जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ नियमानुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ समान्तसम्म सञ्चालन गर्न पाइने छैन ।

यससैगरी गोष्ठी, सेमिनार, समीक्षा र बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्ने छ । यस्ता क्रियाकलाप भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु