काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोभिड– १९ रिपोर्ट नेगेटिभ आएको छ ।

अध्यक्ष प्रचण्डका सहयोगी सूर्य किरणकाअनुसार आइतबार बिहान पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

‘आज बिहान अध्यक्ष प्रचण्डको कोरोना टेष्ट गरिएको थियो । प्रतिवेदन रिजल्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

पुस २३ गते पीसीआर परीक्षण गरेपछि उहाँमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अध्यक्ष प्रचण्ड स्वास्थ्य सुरक्षाको मापदण्ड अप्नाउँदै आइसोलेसनमा स्वास्थ्य लाभ लिइरहनुभएको थियो ।

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई कोरोना संक्रमण

काठमाडौ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । मिश्रले आज (आइतबार) सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिनुभएको छ ।

‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरसको विगविगी । म पनि Corona Positive देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथीरशुभेच्छुकहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ।’, उहाँले लेख्नुभएको छ ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु