काठमाडौ । समाज र राष्ट्रलाई सहयोग पु¥याउने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ एक कदम अगाडि बढ्दै हिमालय एअरलाइन्स्ले आज बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन (९७१५ KG) राहत सामाग्री बोक्दै हिमालयले अन्दाजी USD १०६,८५०. अर्थात् रू. १.३ करोड बराबरको योगदान पु¥याएको छ ।

उक्त कार्यका लागि हिमालयको एअरबस 319-115 9N AJK आज बिहान ९ः१७ बजे काबुलतर्फ उडेको हो । जहाजमा अत्यावश्यकीय राहत सामाग्रीहरु, जस्तैः औषधिहरू, खाद्यान्न, लत्ता–कपडा, जुत्ताहरू, ब्लाङ्केटहरू लगायतका सामाग्रीहरू रहेका थिए। जहाजमा गएको १५ सदस्यीय टोलीमा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतहरू रहेका छन् ।

काबुल उडान भर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको स्पष्ट पार्नुभयो ।

यस पुनीत कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नु भयो । साथै यस खाले महान मानवीय कार्यमा पूर्णतया निःशुल्क कार्गो उडान मार्फत सहयोग पु¥याएकोमा हिमालय एअरलाइन्स्लाई विशेष धन्यवाद समेत उहाँले दिनुभयो ।

कार्यक्रमकै क्रममा उडान काबुलतर्फ प्रस्थान गर्नुपूर्व हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झोउ एन्योङ्गले नेपाल सरकारद्वारा अफगानी जनताका लागि मानवीय सेवा पु¥याउने पवित्र उद्देश्यका साथ यसखाले परोपकारी उडान गर्न हामीलाई अनुरोध भई आउनु वास्तवमा अत्यन्तै ठूलो सम्मानको विषय भएको बताउनुभयो ।

सोही क्रममा एअरलाइन्स्का उपाध्यक्ष श्री बिजय श्रेष्ठले आफू भौगोलिक सीमा र दूरीको परवाह नगरी विपद्मा अफगानी जनताको साथ उभिन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भबिष्यमा पनि यस्ता सम्भाव्य मानवीय सहयोग पु¥याउने कार्यमा नेपाल सरकारका साथ उभिन सदैव तत्पर रहने प्रतिवद्धता दोहो–याउनुभयो ।

हिमालयको उडान 319-115 9N AJK काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ११ः०८ बजे अवतरण गरेको छ र उक्त, अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित संयुक्त राष्ट्र संघको सहयोगी निकायको कक्षमा उपरोक्त राहत सामाग्री हस्तान्तरण गरिनेछ । तत्पश्चात् जहाज आजै नेपाल फर्किनेछ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह ५ः१२ बजे अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।

हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ ।

व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० मा हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ । हिमालयको कार्बन डाइअक्साइड उत्सर्जन डाटा क्ष्ऋब्इ मान्यता प्राप्त ऋइच्क्क्ष्ब् मार्फत शून्य डाटा ग्याप र शून्य निष्कर्षहरू प्रमाणित गरिएको थियो, जसले वायुमण्डलमा कार्बन फुटप्रिन्ट घटाउनको लागि सक्रिय रूपमा योगदान पु¥याएको छ ।

हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।

सम्बन्धित खबरहरु