काठमाडौं । गायक तथा संगीतकार अंकित बाबु अधिकारीले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'कफी क्रश्' सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा समावेश छ। यस गीतलाई भारतको पश्चिम बाङ्ग्गालका उत्कृष्ट सङ्गितकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन्।

कुनै क्याफेमा कहिले कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेको कसैले तपाईंको ध्यान खिचेको छ ?

कफि जत्तिकै सुन्दर, मिठो अनि माया-लाग्दो ! साँच्चिकै कहिले यस्तो अनुभव गर्नु-भएको छ भने यो भिडियो पुरा हेर्नु पर्ने हुन्छ। भिडियोमा एक युवकलाई कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेकी एक सुन्दर युवतीले आकर्षित गर्छिन र तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक द्ङ्ग पर्छन ।

उनिहरु बीचको आँखा जुधाई, हेराहेर र अन्य भाव-संवादहरुलाई क्याफेको एक वेटरले नजिकै बाट नियाली रहेको हुन्छ र उक्त वेटर गीत मा कहिले हाँस्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमान्चक बनेको महशुश हुन्छ ।

भिडियोमा अब्बल गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी'को अभिनय रहेको छ । क्याफेको वेटर को भूमिका अंकित बाबु आफैले निभाएका छन ।"यो गित एक किसिमको प्रयोग हो ।

मैले गर्दै आएका अन्य गीत हरु भन्दा यो भिन्न छ । यसमा प्रयोग भएका शब्द तथा संगीतले टिनेजर्स का कथा भने जस्तो लाग्छ्," अंकित बाबु भन्छन । अंकित बाबुका चर्चित गीतहरुमा 'के माया लाग्छ र', 'राम नाम', 'सम्झनालाई', 'याक्थुङ्मा कान्छी' र 'विनायो भाकैले', हरु पर्छन ।

'ए-सिरिज' नामक च्यानल बाट सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन । नविनले यो भन्दा अघी ‘मुना’, ‘वशन्त शिशिर’, लगायतका जोड्दार भिडियोहरु बनाएका छन ।

सम्बन्धित खबरहरु