बर्दिया । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-६ स्थित खाजा घरमा काम गर्ने जाजरकोट शिवालय गाउँपालिका-७ घर भएका ३० वर्षीय जनक शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता सुन जस्तो देखिने धातु सहित पक्राउ परेका छन् । कास्की पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन जस्तो देखिने धातुको ३ थान सिक्री सहित बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जादै गरेको ग।१ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु