सिरहा । गोलबजार नगरपालिका-६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली जस्तो देखिने नोट सहित भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कस्तुरीको बिना सहित पक्राउ
जाजरकोट । नलगाड नगरपालिका-११ चौखा बजारबाट १ थान कस्तुरीको बिना जस्तो देखिने बस्तु सहित सोही नगरपालिका-१० ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्ली बहादुर ध्यारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ध्यारले कस्तुरीको बिना साथमा लिई हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
तनहुँ । व्यास नगरपालिका-१ भादगाउँ बस्ने पदम आलेको घरमा तास खेलिरहेको अवस्थामा भानु नगरपालिका-७ बस्ने ४० वर्षीय बुद्धि बहादुर थापा लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ५ सय १५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु