काठमाडौ । कैलालीको धनगढी उपमहानगरपालिका-१६ पथरीस्थित गोकनरी खोलाको पुलमा सु.प.प्र ०१००९ प ५९७९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१७ बस्ने ४० वर्षीय ऐतवारी रानाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीमा बा.६ ख १४५९ नम्बरको बसले प्र.०२-०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने रुकुम बुढाउत्तर गाउँपालिका-१० घर भएका २१ वर्षीय संगित बुढामगरको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापा, बाह्रदशी गाउँपालिका-६ साधुकुटीस्थित सडकमा प्र.१-०१-०१४ प ९५३९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बाटो छेउको घरमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-६ बस्ने २० वर्षीय अभिषेक सुन्दासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-९ झोडास्थित सडकमा ज.५ प १७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५४ वर्षीय करण बहादुर खड्काको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएन्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको आम्दा हस्पिटल धुलाबारीमा उपचार भईरहेको छ ।

कैलाली, गोदावरी नगरपालिका-१ धनगढीस्थित सडकमा सु.प.प्र.०१-००१०-प ५८१५ नम्बरको मटरसाइकल र से.५ प ७१९ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा से.५ प ७१९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय गणेश बलायरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका सु.प.प्र.०१-००१०-प ५८१५ नम्बरको मटरसाइकल चालकको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

बारा, बारागढी गाउँपालिका-३ खोप्वास्थित सडकमा ना.५६ प ४९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय भोला चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु