काठमाडौ । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे बस्ने कृष्ण बाहदुर बिसीको घरको कोठामा शनिबार साँझ ४ जना मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेहरुमा कृष्ण बिसीकी श्रीमती ३२ वर्षीया कल्पा बिसी, उनको छोराहरु ९ वर्षीय निरज बिसी र ८ वर्षीय चिरञ्जिबी बिसी तथा मृतक कल्पना बिसीको दाईको छोरा ६ वर्षीय सोमराज बुढा रहेका छन् । उक्त कोठाको खाटमुनी तसलामा कोइला बालेको अवस्थामा रहेको फेला परेको थियो ।

झापा, दमक नगरपालिका-७ रेडक्रस भवन अगाडिको बाटोमा सोही नगरपालिका-७ पशुहाटमा डेरा गरी बस्ने मोरङ रतुवामाई नगरपालिका-७ सिजुवा घर भएका ४० वर्षीय विष्णु सहनी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजार सौगल डेरा गरी बस्ने उदयपुर घर भएकी ३२ वर्षीया सरस्वती मगर आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

डोटी, आदर्श गाउँपालिका-६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, टिकापुर नगरपालिका-८ चौगुर्दीस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, बालकुमारी भोलढोका बस्ने काठमाडौं नैकाप घर भएका ६२ वर्षीय निर्मल थापा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहान मर्निङ वाक्‌मा निस्किएकोमा सडकमै उनको शव फेला परेको हो ।

नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

नुवाकोट, पञ्चकन्या गाउँपालिका-१ सिमरा बस्ने ५० वर्षीय टुलबुले मिजार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु