काठमाडौं । रौतहट, चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बाग्मती खोलामा डुबेर पर्सा बीरगंज महानगरपालिका-१० रानिघाट बस्ने भारत घर भएका अमन मल्लिकको शनिबार दिउँसो मृत्यु भएको छ ।

उक्त खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको चपुर प्रालि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाँचथर, तुम्वेवा गाउँपालिका-१ रातमाटेस्थित तमोर खोलामा मकर नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २९ वर्षीय ईन्द्र बहादुर बुढाथोकीको शनिबार दिउँसो मृत्यु भएको छ ।

रौतहट गौर नगरपालिका-४ सबगढा बस्ने राकेश साहको छोरा १ वर्षीय प्रिन्स कुमार साहको आफ्नै घर अगाडि रहेको पानीको नालामा डुबेर आइतबार बिहान मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु