काठमाडौं । ललितपुर, बाग्मती गाउँपालिका-२ खानीखोलास्थित सोही ठाउँ बस्ने ३१ वर्षीय सुमन बलको किराना पसलमा विद्युत तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा पसल र पसलमा रहेका टिभी, फ्रिज लगायतका सामानहरु जलेर करिब ९ लाख ५५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तेह्रथुम, फेदाप गाउँपालिका-१ ताङबुङ बस्ने टंक बहादुर तामाङको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर र घरमा रहेको नगद, सुन र अन्नपात लगायतको सरसामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु