काठमाडौ । मृत्युपनि मान्टेपिच्छे फरक हुँदा रैछन् । कसैको मृत्यु निक्कै कष्टपूर्ण हुन्छ भने कसैको अति सहज ।

सर्लाहीमा गोडैता नगरपालिका–४ रोहवामा आज यस्तै भएको छ । गुडिरहेको ट्याक्टरमा चालक अचानक बेहोस भए ।

बाहिर निस्किन खोज्दा उनी त्यही ढले । एकैछिनमा चालकको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।

ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनी बेहोस भएपछि ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका हुन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु