काठमाडौ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ ।

लामो अध्ययन गरेर दूधको मूल्य बढाउने निर्णयमा पुगिएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले बताउनुभयो । एकैपटक १० रुपैयाँ यो अस्वभाविक हो ।

तर बोर्डले गरेको निर्णय उचित लागेमा मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिन सक्ने छ । अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ ।

‘बोर्ड, पशु सेवा विभाग, कृषक लगायतका सरोकारवालाको बैठकले मूल्य बढाउने सिफारिस गरेको छ, यो निर्णय किसानको हितमा छ,’ कार्यकारी निर्देशक यादवले भन्नुभयो ।

मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिए बढेको मूल्यबाट किसानलाई लिटरमा ७ रुपैयाँ र उद्योगलाई तीन रुपैयाँ जाने उहाँको दावी छ ।

तर उपभोत्तावादीहरु यो कुरा स्वीकार्दैनन् । उनीहरु किसानलाई अहिलेपनि व्यापारीहरुले भनेजस्तो मूल्य नदिएको दावी गर्छन् । विचौलियाको भरमा कृषि बजार रहेका कारण मुल्य बढेपनि किसान र उपभोत्ता नै मारमा पर्ने उनीहरुको दावी छ ।

मूल्य बढाउँनका लागि व्यापारीहरुले मन्त्री किनेको उनीहरुको आरोप छ । मन्त्रीले पैसाको चलखेलमा मूल्य यति धेरै अस्वभाविक रुपमा बढाउन तल बाट नै शिफारिस गर्न लगाएको एक अधिकारीको दावी छ ।

पछिल्लो साढे दुई वर्षदेखि दूधको उत्पादन लागत बढेको तर सोही आधारमा मूल्य नपाउँदा किसान हतोत्साही भएको बोर्डको दाबी छ । चोकर, दाना र दूध दिने गाई भैंसीको मूल्य नै बढ्दा पनि किसानले पाउने गरी दूधको मूल्य बढाउनु जरुरी भएको कार्यकारी निर्देशक यादवले बताउनुभयो ।

तर यो मूल्य छिमेकी मुलुक भारतको नै तुलना गर्ने हो भने धेरै हो । यस्तो अवस्थामा पोका दुध भारतबाट आउँने प्रष्ट देखिन्छ । नेपालका किसान मारेर आफू पोसिन व्यापारीले यो गरेको एक अधिकारीको दावी छ ।

नेपाल डेरि एशोसिएसनका अनुसार बोर्डले गरेको सिफारिस अनुसार मन्त्रालयले मूल्य बढाउने निर्णय गरे दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुग्ने छ ।

अहिले प्रशोधित एक हजार एमएलको दूधको मूल्य ७६ र ५०० एमएलको दूधको मूल्य ३८ रुपैयाँ रहेको एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु