काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चिन्ह वा लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

साथै अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमित सेवा दिने व्यावसायिक क्षेत्रका कर्मचारीहरूले अब हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।

अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको हो ।

एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बन्धित निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बन्धित निकाय वा संस्था आफैंले गर्नुपर्नेछ ।

जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको छ ।

पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् । रिपोर्ट पोजेटिभ आए नेगेटिभ नभएसम्म बस्नुपर्नेछ । यलाई हेलचुक्र्याई गर्न पाइने छैन ।

यसको अनुगमन प्रहरीले जुनसुकैबेलापनि गर्नेछ । नियम मिचेको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुनेतर्फपनि सचेत गराइएको छ ।

सम्बन्धित खबरहरु