काठमाडौं । भाग्य चम्किन धेरै समय लाग्दैन् । यस्तै, भारत बिहारबाट एक खबर आएको छ ।

यो खबरले जिल्ला प्रशासनका सबैलाई स्तब्ध बनाएको हो । वास्तवमा, त्यहाँ किशनगञ्जमा बस्ने एक काठ काट्ने व्यक्तिले एउटा खजाना फेला पारेपछि उनी रातारात करोडपति बनेका छन् ।

उनी करोडपति बनेको थाहा पाएलगत्तै गाउँमा विभिन्न हल्ला सुरु भयो । अहिले जिल्ला प्रशासनले काठ काट्ने व्यक्तिमाथि छानबिन गर्न आदेश दिएको छ । कुरा तेउसा पञ्चायतको हो ।

काठ काट्ने लतिफ र उनका छोरा उबेलुदलले १५ दिनअघि कतैबाट गोप्य रकम लिएको गाउँले बताउँछन् । उनी सुकुम्वासी वस्तिमा बस्दै आएका थिए । कटेरामा बस्थे । तर रातारात चमत्कार गरिरहेका छन् ।

घर बनाउँन थालेका छन् । अनेकौँ व्यवसाय सुरु गरेका छन् । जसकारण उनी रातारात धनी भए । योसँगै लतिफले भाग्य चिठ्ठाको टिकट पनि किनेका थिए, जसमा उनले एक करोड रुपैयाँ जितेका छन् ।

धनी बनेपछि काठ काट्ने उनले आफ्ना सात आफन्तलाई मोटरसाइकल पनि उपहार दिएको चर्चा छ । सोही क्रममा गाउँमा धेरै बिघा जग्गाका लागि नयाँ ट्र्याक्टर पनि किनेको बताइन्छ ।

यति मात्र होइन घर निर्माणको काम पनि सुरु भैसकेको छ । गाउँमा चलिरहेको यो चर्चा जिल्ला प्रशासनसम्म पुगेको छ ।

एसडीएम शाहनवाज अहमद नियाजी भन्छन्, ‘काठ काट्ने व्यक्तिसँग अचानक यति पैसा कसरी आयो भनेर छानबिन गरिनेछ ।’ तर, अनुसन्धानको खबर पाएलगत्तै काठ काट्ने लतिफ र उनका छोरा उबेलुदल भूमिगत भैसकेका छन् ।

सम्बन्धित खबरहरु