काठमाडौं । बसपार्कमा भएको ‘सामूहिक करणी’ घटनाको अनुसान्धन करिब अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंको नयाँ बसपार्कको एक गेष्ट हाउसमा भएको ‘सामुहिक करणी’ घटनाको अनुसान्धन करिब अन्तिम चरणमा पुगेको हो ।

प्रहरी वृत्त महाराजगञ्जका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अहिले अनुसान्धन करिब अन्तिम मोडमा पुगेकाले अबको केही दिनमा प्रत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिइनेछ ।

उहाँका अनुसार केश अनुसान्धनकै क्रममा रहेको छ । पुर्पक्षको लागि थुनामा लैजाने तयारी छ । सरकारी वकिलको कार्यलयमा गएपछि अदालत जान्छ, थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा लैजानेबारे अन्तिम निर्णय हुन्छ ।

महिलामाथि करणी गरेको आरोपमा विभिन्न ठाउँबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो । ती पक्राउ परेकाहरुमाथि नै अहिले अनुसान्धन गरिरहेको उहाँले बताउनुभयो ।

करणी गरिएको सूचना प्रहरी प्रभाग नयाँ बसपार्कमा पुगेको थियो । त्यही सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्ज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा थालेको थियो ।

काठमाडौंको नयाँ बसपार्कको एक गेष्ट हाउसमा गत पुस १४ गते एक महिलामाथि सामुहिक करणी भएको घटना सार्वजनिक भएको थियो । पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक करणी भएपछि घटना बाहिरिएको थियो ।

सम्बन्धित खबरहरु