काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया पुगेकी एक नेपाली चेलीको मृत्यु भएको छ । सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी हुन् ।

जानकारी अनुसार सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपालीको मृत शरीर फेला परेको छ । काठमाडौं, कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया पुगेकी थिइन् ।

हाल एमपीएल पढिरहेकी उनको घटनाबारे त्यहाँको न्यु साउथ वेल्स प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सुष्मिता मृत्युको घटनाले त्यहाँका सबै नेपालीहरूलाई निकै दुःखीत बनाएको छ ।

मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले सबैजना स्तब्ध भएका छन् । मृतकको मृत शरीर नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो–फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।

अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।

समाचार प्रकाशनको समय भुलवस अर्को तस्विर पोष्ट हुन पुगेकोमा क्षमायाचना माग्दछौ । यसबाट पर्न गएको असरप्रति जनबोली न्यूज नेटवर्क प्रा.लि. गहिरो दु:ख व्यक्त गर्दछ । –सम्पादक

सम्बन्धित खबरहरु