काठमाडौं । मकर संक्रान्तिको दिन जन्मिएको बाछोलाई लिएर सबै चकित परेका छन् । कहिलेकाहीँ प्रकृतिले अनौठो चमत्कार गर्छ, जसलाई देखेर मानिसहरु छक्क पर्छन् ।

भारत, छत्तीसगढको राजनन्दगाउँ जिल्लामा यस्तै घटना भएको छ । जिल्लाको गण्डाई क्षेत्रको गाउँ पञ्चायत बुन्देलीको लोधी नवगाउँ गाउँमा तीन आँखा (त्रीनेत्र) भएको बाछो जन्मिएपछि जिज्ञासाको विषय बनेको हो ।

यो तीन आँखा भएको बाछोलाई भगवान शिवको स्वरू मानेर दर्शन गर्न मानिसहरु लामो लाइनमा उभिएका छन् । यति मात्र होइन, दूध खुवाउनुका साथै अगरबत्तीको फूल, नरिवल, पैसा चढाएर पूजा पनि गरिरहेकी छन् ।

शुक्रबार मकर संक्रान्तिको दिन साँझ ७ः१५ बजेतिर बाछो जन्मिएको हो । राजनान्दगाउँ जिल्ला लोधी नवगाउँका हेमन्त चन्देल नामक किसानको पाल्तु जर्सी गाईले उक्त बाछो जन्माएको हो ।

त्यसपछि गाउँका मानिसहरु शिवको स्वरूप हो भनेर विश्वास गरिरहेका छन् । तीनवटा आँखा भएको एउटा बाछो जन्मियो । यो बाछोको नाकमा दुईको सट्टा चारवटा प्वाल छन् । यससँगै उसको पुच्छर पनि पराल जस्तै छ ।

यो बाछोको जन्मको खबर गाउँमा फैलिनेबित्तिकै मानिसहरूले यसलाई चमत्कार मान्न थाले । मकर संक्रान्तिको दिनमा बाछोको जन्म भएको हुनाले मानिसहरूले यसमा धार्मिक आस्थासँग जोडेर भगवान शिवको रूप बताइरहेका छन् ।

बाछो पूर्णतया स्वस्थ रहेको छ । स्थानीयवासीका अनुसार यस्तो घटना पहिलो पटक देखेको हुनाले यसको पछाडि तर्क खोज्नुको सट्टा धार्मिक आस्थासँग जोडेर बढी हेरिएको हो । बाछो हेर्न गाउँ र बाहिर गाउँबाट ठूलो संख्यामा मानिसहरु जम्मा हुने गरेको गाई कृषक नीरज चन्देलले बताउनुभयो ।

मानिसमा रहेको जिज्ञासा देखेर उहाँले पनि मानिसहरुलाई बाछो देख्न दिनुभएको छ । उहाँका अनुसार जन्मेको बाछोको पशुचिकित्सकबाट जाँच गराएको छ । यो खुसीको कुरा हो कि डाक्टरका अनुसार बाछोको स्वास्थ्य ठीक छ, उसलाई कुनै समस्या छैन ।

यस्ता घटना बारम्बार भइरहेका हुन्छन् । तर तीन आँखा भएको बाछोको जन्मको खबर तिब्र गतिमा फैलिरहेको छ । तर, अनौठो रूप लिएर जन्मिएको यो पहिलो पटक भने होइन । मान्छेले पनि विश्वास गर्न गाह्रो पर्ने सन्तान जन्माइरहेका हुन्छन् ।

यसअघि पनि नेपालसहित विश्वभरका विभिन्न भागबाट बेलाबेलामा यस्ता समाचार आइरहेका हुन्छन् । अब प्रकृतिको करिश्मा भन्ने कि भगवान भोलेनाथको अवतार, सबैको आ–आफ्नै भावना हुन्छ । अहिले यो बाछो चर्चाको विषय बनेको छ ।

 

सम्बन्धित खबरहरु