काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उहाँको निजी सचिवालयका अनुसार मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् ।

यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकन गर्नुभएको थियो ।

उहाँ मास्क नलगाई सर्वत्र हिँडेको देखिन्थ्यो । कहिले विमानस्थल त कहिले नेपाल एयरलाइन्समा पुगेर निर्देशन लिइरहनुभएको हुन्थ्यो ।

पशुपतिनाथ स्थित धर्मशालामा बतास समूहले चलाएको होटल निरीक्षण गर्न जाँदापनि उहाँ दलबलसहित पुग्नुभएको थियो ।

होटलका कर्मचारीसँग उहाँले मास्क नलगाई बोलिरहेको भिडियोहरु बाहिर आएको थियो । यसैगरी नारायणहिटी दरबारको अवलोकन गर्न जाँदापनि उहाँसँग मास्क थिएन । सार्वजनिक स्थलमा समेत उहाँ मास्क नलाई हिँडिरहँदा कतै सर्वत्र भाइरस फैलिसकेको त हैन भन्ने भय भएको छ ।

सम्बन्धित खबरहरु