खोटाङ । बालिका जबरजस्ती करणी अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

छोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।

शिक्षक पोखरेलमाथि ९ भदौयता पटक–पटक बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । उनलाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

सम्बन्धित खबरहरु